काठमाडौं – कवि तथा गीतकार पुरण क्षेत्रीको ‘चोटहरू हिर्काउँछन्’ र ‘कहाँ छ स्वर्ग’ नामका २ ओटा गीतहरू सार्वजानिक भएको छ । रोल्पामा जन्मिएका गीतकार क्षेत्रीको गीत नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठान, मालीगाउँ काठमाडौंमा एक कार्यक्रमबिच भएको हो ।
दुवै गीतहरूमा सङ्गीत सन्तोष श्रेष्ठले गरेका हुन् भने ‘चोटहरू हिर्काउँछन्’ गीतमा कुश्मा महरा ‘प्रगति’ले स्वर दिएकी छिन् भने ‘कहाँ छ स्वर्ग’ गीतमा कुश्मा महरा ‘प्रगति’ र रामकृष्ण ढकालको आवाज रहेको छ ।
कार्यक्रममा वरिष्ठ गीतकार दिनेश अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समय फेरिएसँगै गीतको भाव र संरचना फेरिनुपर्छ र त्यो कुरा यी गीतहरूमा रहेको उनले बताए ।
गीत लेखनको अनुभूति सुनाउँदै गीतकार क्षेत्रीले भने ‘आफूले धेरै गीत नलेखेको तर देशको परिस्थितिले प्रभाव पारेर कहाँ छ स्वर्ग गीत सिर्जना गरेको हुँ । मान्छे केका लागि भौँतारिरहन्छन् भन्ने सन्दर्भले प्रभाव पारेकाले गीत लेखेकाे हुँ ।’ उनले बजारमा चल्ने खालको भन्दा पनि मानवीय चेतना र दर्शनलाई विशेष प्राथमिकता दिएको बताए ।
त्यस्तै सङ्गीतकार श्रेष्ठले सङ्गीत गर्दाको अनुभव सुनाउँदै गीत एकपटकमात्र हेर्दा मनोरञ्नात्मक आनन्द आउँछ । गीतको विश्लेषण गर्न कम्तीमा १० पटक सुन्नुपर्ने बताए ।
शुभकामना दिनेक्रममा प्रतिष्ठानका उपकुलपति गायक तथा सङ्गीतकारले गीतका शब्दहरू सलल बगेमा सङ्गीत गर्न र स्वर दिन पनि सजिलो हुने र यी गीतहरूमा उक्त कुरा पाएको बताए ।
कार्यक्रमको सभापतित्व साहित्यकार ओम रिजालले गरेका थिए र कार्यक्रमको सहजीकरण कवि प्रज्वल अधिकारीले गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal