फिल्म ‘बोक्सीको घर’ले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ ।

यो सर्टिफिकेट पाएसँगै फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउने छन् । यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउने  फिल्म ‘बोक्सीको घर’ सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको हाे।  फिल्ममा केकी अधिकारी, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटा लगायतको अभिनय छ ।

फस्टलुकसँगै ट्रेलरले हाइप पाएको यो फिल्मको गीत ‘बुझिनँ मैले’ विशेषतः नेपालमा प्रतिबन्धमा रहेको टिकटकमा भिपिएनमार्फत प्रयोग गर्ने धेरै दर्शकमाझ लोकप्रिय बनिसकेको छ ।

फिल्मकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो । केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर फिल्म निर्माण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय