शनिबारदेखि मण्डला थियटरमा नाटक ‘टिकट टू हलिउड’ मञ्चन हुँदैछ।
सागर खातीले निर्देशन गरेकाे नाटकमा वैदेशिक मोहले मानिसहरुलाई कुन हदको सममस्यामा पुर्याइरहेको छ भन्ने विषयलाई समेटिएको छ। मानिसहरु आफ्नो देश छाड्नको लागि पनि किन आन्दोलन गरिरहेको छ, यसको पछाडीको कारण के छ र जसरी पनि विदेश जाने लहडले मानिसलाई कुद हदसम्म पुर्याइरहेको छ भन्ने विषयलाइ उठान गरिएकाे निर्देशक खाती बताउँछन्। नाटकमा मिलन कार्की र सुदिप खतिवडाको अभियनय रहेको छ । क्लेशा, लाटीको छोरो, मसानटार आन्दोलन, जालिनी, एण्टीगोनी लगायत एक दर्जन नाटकमा अभिनय गरिसकेका कलाकार खतिवडाले नाटकमा देखासिकी र लहडले मानिसलाई कुन हदको समस्यामा पुर्याइरहेको छ भन्ने देखाइएको बताए ।
केही सयम अघि कोटेश्वरको बाल कुमारीमा कोरिया जान इपियस भाषा परीक्षा दिएका युवाहरुको आन्दोलनमा मृत्यु भएका युवालाई प्रत्यक्ष देखेपछि यो विषयमा नाटक बनाउने विचार आएको उनले बताए । उनका अनुसार, आफुसँग थियटर गरिरहेका साथी तथा गुरुहरु पलायन भइरहदाँ यो विषयमा केही गरौ भन्ने अवचेत मनमा थियो । ” यो विषय के गर्ने र कसरी गर्ने भन्ने लामो समयमसम्म अवचेतन मनमा थियो, बालकुमारीको घटना देखेपछि नाटक गर्नैपर्छ भन्ने लाग्यो” उनले भने ।
नाटक सोमबार बाहेक साताको प्रत्येक दिन दिउसो चार बजे मञ्चन हुनेछ । साताको तीन दिन शुक्रबार, शनिबार र आइतबार साढे सात बजेको अतिरिक्त शो पनि हुनेछ । नाटक बैशाख २३ गतेसम्म चल्नेछ ।