माधव पोखरेल, रौतहट चन्द्रपुर । एक साहित्यिक कार्यक्रममा दुई जना स्रष्टाको पुस्तक विमोचनका साथै तीन जना समाजसेवीलाई सम्मान गरिएको छ ।

स्रष्टा समाज नेपाल र साहित्य सञ्जाल रौतहटको संयुक्त आयोजना र चन्द्रपुर नगरपालिका वडा नं ५ को प्रायोजनमा भएको सो कार्यक्रममा काठमाडौँबाट नेपाल स्रष्टा समाजका १६ जना साहित्यकारहरुको सहभागिता थियो भने उदयपुर, सर्लाही, रौतहट, बारा, मकवानपुरलगायतका जिल्लाका साहित्यकारहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

सो कार्यक्रममा साहित्यकार शीतल गिरीको आरम्भ निबन्धसंग्रह र डा.शालिग्राम शर्माको अविनासी अन्तरा कवितासंग्रहको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा अभिव्यक्ति द्धैमासिक साहित्यिक पत्रिकाका संस्थापक, संरक्षक तथा प्रधानसम्पादक नगेन्द्रराज शर्माले विमोचन गर्नुभएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथि शर्माले नेपाली भाषा साहित्यको उन्नयनका लागि निजी क्षेत्रबाट भैरहेका प्रयास महत्त्वपूर्ण रहेको र चन्द्रपुरमा भएको यस कार्यक्रमले समाजसेवीहरुलाई सम्मान गर्नु महत्त्वपूर्ण कुरा भएकोले यो कार्यक्रम एेतिहासिक भएको बताउनु भयो ।

सो कार्यक्रममा चन्द्रनिगाहपुरमा रहेर लामो समयदेखि शिक्षा तथा समाजका विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै चन्द्रपुर नपा वडा नं ५ ले ९० वर्षिय रामकृत चौधरी, मुस्लिम महिला अगुवा मर्जिना खातुनलाई र २००७ सालका स्वतन्त्रता सेनानी छविलाल घिमिरेलाई मरणोपरान्त दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा स्रष्टा समाज नेपालका पदाधिकारी तथा सदस्यहरु १६ जनाको उपस्थिति रहेको थियो । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको नेतृत्वमा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठा रोदन, पूर्वअध्यक्ष पवन आलोक, महासचिव देविका तिम्सिना, साहित्यपोस्ट (इ) दैनिकका प्रधानसम्पादक अश्विनी कोइराला, वरिष्ठ साहित्यकार शीतल गिरी, डा. सदनन्दन कँडेल, डा. शानि्तमाया गिरी, राजेश खनाल, गंगाप्रसाद भेटवाल, सुमन पुडासैनी, बुद्धिसागर पौडेल, सुभाषचन्द्र पौडेल भिमफेदिया, सुष्मा आचार्य, तारा सुवेदी र मधु पाठकको सहभागिता रहेको थियो ।

रचना वाचनसहित सम्पन्न भएको सो कार्यक्रममा वक्ताहरुले दुई दर्जन बढी रचनाहरु वाचन गरेर कार्यक्रमलाई रोमाञ्चक बनाइएको थियो ।

सो कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले स्रष्टा समाज नेपालले विगतमा र हालमा गरिरहेका कार्यहरुको बारेमा जानकारी दिँदै स्रष्टा समाज नेपालले सातवटै प्रदेशमा शाखा विस्तार गरेको र स्रष्टा समाजको पूर्वअध्यक्ष पवन आलोकको सक्रियतामा १५ लाखको अक्षयकोष स्थापना गरी पुरस्कार तथा सम्मान कार्यक्रमसमेत गर्ने योजना आगामी वर्षदेखि प्रारम्भ गर्ने तथा शिर ठाडो पारेर प्रत्येक वर्ष ७ वटा पुरस्कार वितरण गर्ने जानकारी दिनुभएकाे थियो ।

उक्त कार्यक्रममा उदयपुरका माधव पोखरेल गोज्याङ्ग्रे, बाराकी सरु बस्नेत, सर्लाहीका जीवन आचार्य, रौतहटका माधव काफ्ले, स्रष्टा समाजका महासचिव देविका घिमिरेलगायतका स्रष्टाहरुले रचना वाचनसहित शुभकामना मन्तव्य दिएका थिए । रचना वाचन गर्ने अन्य स्रष्टाहरुमा सर्लाहीका लम्बोदर काफ्ले, सुष्मा आचार्य काठमाडौँ, श्यामहरी चौलागाई रौतहट, मसान उपासक मकवानपुर, विश्वनाथ सञ्जेल मकवानपुर, रेणुका जिसी रौतहट, तेजविक्रम कार्की रौतहट, राम आचार्य रौतहटले रचना वाचन गरेका थिए ।

यसैगरी, रचना वाचन गर्ने अन्य स्रष्टाहरुमा अनन्त कोइराला रौतहट, तारा सुवेदी काठमाडौँ, डा. शान्तिमाया गिरी काठमाडौँ, सुभाषचन्द्र पौडेल भिमफेदिया, गंगाप्रसाद भेटवाल झापा, सुमन पुडासैनी काठमाडौँ, बुद्धिसागर पौडेललगायतका स्रष्टाहरुले आआफ्नो रचना वाचन गर्नुभएको थियो ।

चन्द्रपुर नपा वडा नं ५ का वडाध्यक्ष निलहरी कोइरालाको अध्यक्षता, हरिकृष्ण काफ्लेको सञ्चालन तथा माधव काफ्ले र राम आचार्यको संयोजनमा सो कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय