साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ।
आज नेप्से परिसूचक २२ दशमलव १४ अंकले बढेर २७६० दशमलव २१ को विन्दुमा पुगेको छ।
सोमबार ३०२ कम्पनीका १ लाख १३ हजार ९ सय ६४ पटकको कारोबारमा २ करोड ४५ लाख ५७ हजार १ सय ५३ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ रहेको छ। १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९२ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
१३ उपसमूहमध्ये ५ वटा राताम्मे हुँदा अन्यमा हरियाली छाएको छ । सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र सृजनशील लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्।