नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको छ।

आइतबार १ लाख ६७ हजार २ सय रूपैयाँ तोलाले कारोबार भएको सुनको मूल्य सोमबार १५ हजार ९ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक लाख ५१ हजार ३ सय रूपैयाँ कायम भएको छ। सुनको भन्सार दर घटाएका कारण नेपाली बजारमा सुनको मूल्य घटेको व्यवसायिहरुले बताएका छन्।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीका अनुसार सुनमा लगाइएको भन्सार दर घटाइएको छ। बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत पुर्‍याइएको थियो। तर, भारत सरकारले भन्सार दर घटाउँदा नेपालमा सुनको मूल्य महँगो र भारतमा सस्तो भएको थियो।

त्यस्तै, चाँदीमा लगाइएको भन्सार दर पनि घटाइएको छ। बजेटमार्फत १५ प्रतिशत पुर्‍याएको भन्सार दर १० प्रतिशतमा झारिएको छ । दर घटाएपछिको मूल्य समायोजन गरिएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८४५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय