बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार लगातार बढिरहेको सुनको मूल्य आज अहिलेसम्मकै उच्च भएको हो। बिहीबार छापावाल सुन तोलाको १ लाख ६२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार सुन तोलाको १ लाख ६१ हजार ८ सय रूपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो। यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ।
बिहीबार चाँदी तोलाको १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।