+
Search

ताजा अपडेट +

पपुलर +

राजेश हमालसहित बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८० बाट ५ जना सम्मानित

अभिलेख
२०८० चैत्र २०, मंगलवार १६:२५ गते

काठमाडाैँ – ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट ५ जना व्यक्तित्व सम्मानित हुने भएका छन् । सम्मानित हुने व्यक्तित्वहरुमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, अभिनेता राजेश हमाल, प्रमुख जिल्ला अधिकारी सीता परियार, अन्टार्टिका महादेश पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा र सहकारीसँगै विभिन्न सामाजिक सङ्घसंस्थामा सफतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सामाजिक व्यक्तित्व महेन्द्र कुमार गिरी रहेका छन् ।

फाउण्डेशनका अनुसार चैत २१ गते बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८० बाट बिर्तामोडमा सम्मान गरिने तयारी गरिएको छ । गोर्खा फाउण्डेशन तथा प्रथम बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८० ले बिर्तामोडमा सोमबार सम्मानित व्यक्तित्वहरूको नाम सार्वजनिक गरेको हो ।

निकै लामो समयदेखि नेपाली चलचित्रको लेखन, निर्देशन तथा निर्माण गरी यस क्षेत्रलाई संस्थागत गर्दै नेपाली कला क्षेत्रको विकासमा अतुलनीय योगदान गरेको भन्दै भारत निवासी घिमिरेलाई सम्मान गर्न लागेको र नेपाली चलचित्रको नायकको भूमिकामा ३५ वर्षदेखि रहेर नेपाली चलचित्रलाई स्थापित गराउन सफल महानायकले समेत परिचित हमालले चलचित्रसँगै समतामूलक समाज निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गर्न लागेको बताइएको छ ।

त्यस्तै उत्पीडन महिलाहरूको समुदायले भोग्नु परेको पीडासमेतबाट निजामती सेवामा प्रवेश गरी उत्पीडन महिलाहरूबाट पहिलो प्रमुख जिल्ला अधिकारी बन्न सफल भएकी सीतालाई सम्मान गर्न लागिएको हो भने भारतीय गोर्खा रेजिमेन्ट भुवनसिंह भारतीय सेनाको टोलीबाट मानवविहीन अन्टार्टिका महादेशमा पुग्ने पहिलो नेपाली बनेर नेपाली नागरिकको इतिहास रच्न सफल भएको भन्दै सम्मान गर्न लागिएको जानकारी दिइएको छ ।

त्यसैगरी ३४ जना सदस्यबाट स्थापना भएको सहारा नेपाल साकोसलाई नेपालकै सबैभन्दा ठूलो सहकारी बनाउन योगदान गरेकाे साथै विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेर समाज र देशका लागि अतुलनीय कार्य गरेको भन्दै गिरीलाई सम्मान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नेपाल राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार तत्कालीन गोरखा दरबारमा, दरबारिया तथा राजपरिवारको भोटो सिलाउने साथै दरबारमा नगरा बजाउने नौबाग तथा बिसे नगर्चीको योगदानका स्मरण गर्दै नयाँ पुस्ताबिच पुनर्स्थापित गराउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष वीरु दर्नालले जानकारी दिए ।

राजा पृथ्वीनारायण शाहलाई स–साना राज्यहरूलाई एकीकरण गर्न आर्थिक अभावका समयमा बिसे नगर्चीको सल्लाहअनुसार समस्या समाधान भएको इतिहासमा पढ्न सकिने आयोजक संस्थाका अध्यक्ष दर्नालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख