+
Search

ताजा अपडेट +

पपुलर +

गगन थापाको कटाक्ष- नयाँ दलमा भगवान् प्रश्नभन्दा माथि छन्

अभिलेख
२०८० चैत्र १५, बिहीबार १३:०३ गते

काठमाडौं — कांग्रेस महामन्त्री गगन थापाले रास्वपा नेतृत्वमाथि प्रश्न गर्न पनि नपाउने प्रवृत्ति रहेको भन्दै टिप्पणी गरेका छन् । दोस्रो चरणको संवाद यात्रा सुरु गर्दै उनले नँया पार्टीमा लोकतन्त्रको अभ्यास नभएको बताएका छन्। कांग्रेसले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेको तर नयाँ पार्टीमा त्यसो नभएको उनले बताए। ‘एमालेमा पनि अहिले पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्न नपाउने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा, बाभन्दा मुनि सबै जना हुने । नयाँ पार्टीमा पनि त्यस्तै छ । अध्यक्ष भनेपछि भगवान् । भगवान् चाहिँ प्रश्नभन्दा माथि । भगवानले ठगे पनि लुटे पनि सहनैपर्ने दिन आयो’ —उनले भने।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ आजदेखि पुनः सुरु गरेका हुन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट सुरु गरेका हुन् ।
१३ माघबाट झापाबाट सुरु भएको उनको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख