+
Search

ताजा अपडेट +

पपुलर +

बढ्न थाल्यो गर्मी, तातो हावा चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह

अभिलेख
२०८२ बैशाख १०, बुधबार ०४:०२ बजे

पछिल्ला दिनहरुमा देशभर गर्मी बढ्न थालेको छ।

तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत मौसमविद्को सुझाव छ।

तराई–मधेशमा गर्मी धेरै छ।  पश्चिम तराईका मुख्यगरी लुम्बिनी र सुदूरपश्चिममा सुक्खा हुँदा तापक्रम उच्च भएको मौमसविद्ले बताएका छन्। बढ्दो गर्मीले जनजीवन प्रभावित हुन थालेको छ।

भैरहवा, नेपालगञ्ज र धनगढीमा गर्मी धेरै छ।  भैरहवामा पछिल्लोमापन अनुसार अधिकतम तापक्रम ४१ दशमलव ३ डिग्री सेल्सियस, धनगढीमा ४० दशमलव ८ र नेपालगञ्जमा ४० डिग्री सेल्सियस पुगेको छ। अबका तीन दिन पानी पर्ने सम्भावना नरहेकाले अधिकतम तापक्रम अझै बढ्न सक्ने अनुमान छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यी क्षेत्रसहित तराई–मधेश र अरु ठाउँमा गर्मी बढ्दो छ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख