+
Search

ताजा अपडेट +

पपुलर +

रङहरुको पर्व होली : हिमाल र पहाडमा आज, तराईमा भोलि

अभिलेख
२०८० चैत्र ११, आईतवार ०८:२२ गते

फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ।

प्रत्येक वर्ष शिशिर ऋतुको अन्त्य र वसन्त ऋतुको आगमनसँगै फाल्गुन शुक्ल पूर्णिमाका दिन एकापसमा रङ खेलेर यो पर्व मनाइने गरिन्छ। एकआपसमा मेलमिलाप र सद्भावनाको भावना उजागर गर्दै मनाउने फागु पर्व विभिन्न रङ र लोला खेली मनाउने परम्परा प्राचीन समयदेखि रहिआएको छ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुका पुत्र प्रल्हाद (जो बिष्णु भक्त थिए) उनलाई मार्ने योजना बनाएर हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई दन्किरहेको आगोमा पस्न लगाए। होलिकाले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी थिइन्। होलिकाले आफ्नो शक्तिको दुरुपयोग गर्दै प्रल्हादलाई आगोमा भष्म पार्न खोज्दा होलिका स्वयम् आगोमा भष्म भइन् र बिष्णुभक्त प्रल्हादलाई केही नभएको भन्ने विश्वास रहिआएको छ। यसरी शक्तिको दुरुपयोग र असत्यमाथि सत्यको विजय भएको दिनलाई सम्झँदै प्रत्येक वर्ष होली पर्व मनाउने गरिन्छ।

आज पहाडी एवम् हिमाली जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने गरिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख