+
Search

ताजा अपडेट +

पपुलर +

भरतपुर भ्रमण बर्षको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल चितवन जाँदै

sf7df8f}F, @^ k';M k|ltlglw;ef a}7sdf k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú dªunaf/ a;]sf] k|ltlglw;efsf] a}7snfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;
अभिलेख
२०८० फाल्गुन १७, बिहीबार १६:२४ गते

काठमाडौं- ‘घुमौँ भरतपुर’ भन्ने नारासहित भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को भोली औपचारीक रुपमा उद्घाटन हुँदैछ। भरतपुरको नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै चितवन पुग्दै छन्। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि सहभागी हुने भएका छन्। नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आजै चितवन पुगिसकेका छन्। भ्रमण वर्षको उद्घाटन कार्यक्रममा करिब ५० हजार जना उपस्थित हुने महानगरको अनुमान छ । उद्घाटनअघि भरतपुरको चौविसकोठीबाट नारायणी नदी किनारसम्म विशाल र्‍याली निकालिँदै छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख