+
Search

ताजा अपडेट +

पपुलर +

एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले साउदी अरेबियासँग खेल्दै

Nepal players celebrate the runout of Anshuman Rath of Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE
अभिलेख
२०८१ बैशाख ५, बुधबार ०६:५७ गते

एसीसी  प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा आज नेपालले साउदी अरेबियासँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ । बुधबार नै समूह ‘ए’ को अर्को खेलमा मलेसिया र हङ्कङबिच खेलिने छ । त्यस्तै प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को लिग चरणको खेल पनि बुधबार नै सकिने छ । समूह ‘बी’ को बुधबार हुने खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले कम्बोडियाको र ओमानले कुवेतको सामना गर्नेछन् । समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाली टोली यसअघि नै समूह विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने निश्चित भइसकेको छ ।

नेपाल जारी प्रतियोगितामा यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख